The Shilapatra News Feature

On the occasion of International Women’s Day, 2023 Dr. Babita Paudel was featured in Shilapatra News.

सन् २०२२ को अवार्ड नेपालबाट पौडेलले जितिन् । उनीसहित ग्रीसकी इभान्जेलिया जी, इटालीकी मिरियम राभेटो, नाइजेरियाकी एगोडी उचेन्डु र चीनकी यान ताङले अवार्ड पाए । 

सेन्टर फर नेचुरल एण्ड एप्लाइड साइन्सेसकी प्रमुख अनुसन्धानकर्ता डा. पौडेल सूक्ष्म जीव र नेपालमा पाइने जडीबुटीको औषधीय गुणको अध्ययन र अनुसन्धानमा पनि सक्रिय छिन् । हम्बोल्ड फाउन्डेसनबाट पाएको अवार्ड रकम उनले विज्ञान र प्रविधि क्षेत्रमा सक्रिय महिला अनुसन्धानकर्ताको क्षमता विकासमा दुई वर्षभित्र खर्च गर्नेछिन् । यसका लागि उनले सातै प्रदेशमा तालिमहरू सञ्चालन गर्ने योजना बनाएर काम थालिसकेकी छन् ।

कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालय र बागमतीको कीर्तिपुरमा रिकास्टसँगको सहकार्यमा महिला अनुसन्धानकर्तालक्षित कार्यक्रम गरिसकेको डा. पौडेलले बताइन् । ‘चैतको तेस्रो साता जनकपुर र विराटनगरमा कार्यक्रम गर्दैछौँ’, उनले शिलापत्रसित भनिन् । उनले दक्षिण कोरियाको सुनचुनहयाङ युनिभर्सिटीबाट विद्यावारिधि गरेकी छन् । उनका अनुसार विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका महिलाबारे पूर्ण जानकारीसहितकाे डेटाबेस बनाउने काम पनि भइरहेको छ ।